Merchandise Now
१६ चैत्र २०८०, शुक्रबार

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रफलमा Branded Shop सञ्चालन गर्न आव्हान

२५ फाल्गुन २०७९, बिहीबार
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरको

सिलबन्दी बोलपत्र आव्हानको सूचना

( सूचना प्रकाशित मिति २०७९/११/२४)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तलाको २०.१ ( बीस दशमवल एक ) वर्गमिटर क्षेत्रफलमा Branded Shop सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति फर्म कम्पनीहरुबाट नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा व्यवस्था भए बमोजिम ३० (तीस) दिनको म्याद दिई बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएकोछ । यो ठेक्काको समयावधि ५ (पाँच) वर्षको हुनेछ र सो अवधिको लागि न्यूनतम ठेक अंक रु. ५,७४,२९,५२०/- (अक्षरेपी: पाँच करोड चौहत्तर लाख उनानतीस हजार पाँच सय बीस रुपैयाँ मात्र) कायम गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र कार्यालयको राष्ट्रिय वाणिज्य बैक, गौचरको खाता नम्बर १६९०१००००००११००६ मा बोलपत्र फारम वापतको रु. ५,६५०/- (अक्षेरुपी : पाँच हजार छ सय साठी रुपैयाँ मात्र) मूल्य अभिवृद्धि कर सहित (पछि फिर्ता नहुने) दाखिला गरी सोको सक्कल भौचर, नवीकरण सहितको फर्म दर्ता प्रमाण पत्र, मू.अ.क. / स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गरी यो सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कर्यालय समयभित्र बोलपत्र खरिद गर्ने, ३१ औं दिनको १२:०० बजेभित्र दर्ता गर्ने र सोही दिनको १४:०० बजे बोलपत्र फाराम खोलिने छ । बोलपत्र फाराम खरिद गर्ने तथा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो पछिको लगत्तै कार्यालय खुलेको दिन सोही समय र स्थानमा बोलपत्र खरिद र दर्ता गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना विस्तृत रुपमा यस प्राधिकरणको Website: www.caanepal.org.np र यस कार्यालयको www.tiairtport.com.np मा उपलब्ध छ ।
 
अन्य :

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला

 
  1. हेटौंडा सिमेन्ट उद्योगमा रहेको स्क्र्याप सामानहरु लिलाम बिक्री
  2. नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन बिक्री शुल्क उठाउने सम्बन्धी बोलपत्र आह्वानको सूचना
  3. गोकर्णेश्वर नगरपालिकामा ५०% लागत साझेदारीमा मिटमार्ट स्थापना गर्ने कार्यक्रम संचालन गर्न आव्हान
  4. सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
  5. मुद्दती खातामा लगानी सम्बन्धी प्रस्ताव