Merchandise Now
७ भाद्र २०७६, शनिबार

ताजा समाचार

  • राजस्व छुटले पनि कर्णालीमा थपिएनन् उद्योग |
  • १ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको फुटबल स्टेडियम निर्माण हुँदै |
  • कालीगण्डकी–तिनाउ डाइभर्सन: समृद्धिको ढोका खोल्ने आयोजना, फेरि अड्चन किन ? |
  • क्लिंकर आयात ह्वात्तै कम : १ वर्षमा अर्बौं रकम विदेशिनबाट रोकियो |
  • ककनी–कुटुमसाङ पदमार्ग प्रस्ताव |
  • वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्‍व संकलन |
  • लाङटाङको पानी हेलम्बु झारेर ४ सय मेगावाट बिजुली ! |
  • निर्यात गृह बनाइँदै |
  • २२२ स्थानीय तहका ९० प्रतिशतभन्दा बढी क्षेत्रमा बिजुली |
  • नेपालको ऋणबाट आत्तिनु पर्दैन, यस्तो छ अन्य मुलुकको ऋणको अवस्था, कुन देश कति ऋणमा ? |
  • निकासी प्रवर्द्धन गरेका कृषि उपजकै निर्यात घट्दो |
  • अलपत्र मेलम्चीमा फेरि चिनियाँ कम्पनीको 'इन्ट्री' |
  • अघि बढ्यो संघीय संसद् भवन निर्माण प्रक्रिया |
  • एकल बिन्दु सेवा केन्द्रमा तीन महिनामा एक खर्बभन्दा बढीका उद्योग दर्ता |
  • मेट्रो रेलको डीपीआर : भारतीय र चिनियाँबीच प्रतिस्पर्धा |
  • नेपाल वायुसेवाको जापान उडान भदौ १२ बाट नियमित |
  • पहिलो महिना तीन मुलुकबाट ४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता |
  • देशको विकास बजेट भन्दा बढीको इन्धन किने नेपालीले |
  • ब्याजदरमा संयमित बन्दै बैंकहरु, अधिकांशले घटाए ‘बेस रेट’ |
  • ५ दर्जन नाघ्यो नेपाली वायुयानको संख्या, रोचक प्रतिस्पर्धामा आन्तरिक उडान |
  • कृषिमा विदेशकै भर : एक वर्षमा डेढ खर्बको आयात |
  • गोलिया काठ तराईका जिल्लामा निकासी |
  • आशाको केन्द्र बन्यो कर्णाली करिडोर |
  • गाजर खेतीबाट आकर्षक आम्दानी |
  • वाणिज्य बैंकहरुले कमाए ६५ अर्ब |
  • दाङ एयरपोर्टमा पूर्वाधार थपिँदै |
  • टाटा ट्रस्ट र सिप्रदियन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा चौथो विद्यालय पुनर्निर्माण |
  • एउटा उद्योगले फेरेको नवलपुरको कथा : घरैपिच्छे रोजगारी, शिक्षा-स्वास्थ्यमा अब्बल ! |
  • श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति |
  • भारतीय बिजुलीको आयात बढ्यो, तर बजार हिस्सा घट्यो |
  • काठमाडौं नआई ६७ हजार युवाले पाए श्रम स्वीकृति |
  • गत वर्षको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत |
  • स्याङ्जामा गत आवमा ५८६ उद्योग दर्ता, ९८ लाखभन्दा बढी राजस्व संकलन |
  • सडक मर्मतमा केन्द्र र स्थानीय सरकारको रू. ५ अर्ब ७३ करोड |
  • निजगढ विमानस्थलमा लगानी गर्न ७ कम्पनी इच्छुक |
  • नेपाल–भारत पाइपलाइन उद्घाटन भदौमा |
  • सिमेन्ट उत्पादन मागभन्दा बढी, कंक्रिट सडक बनाउन व्यवसायीको सुझाव |
  • विमानस्थलका ट्याक्सीमा ट्रयाकिङ सिस्टम राखिने |
  • योजनाअनुसार बनेन पुल |
  • हस्पिटालिटीमा सानिमा ग्रुप : दुई अर्ब लगानीमा होटल |
  • राष्ट्रिय गौरवका विमानस्थल : भैरहवाले आशा देखायो, निजगढको पारा उस्तै ! |
  • वर्षमै थपिए ४६ होटल |
  • कोसी उच्च बाँधमा अल्मलियो सरकार |
  • धेरै युवा विदेश पठाउनेमा प्रधानमन्त्रीको गृहजिल्ला तेस्रो |
  • कलंकी–महाराजगञ्ज सडक विस्तार फागुनबाट |
  • सेनाको कल्याणकारी कोषद्वारा ४ अर्ब ४३ करोडको कर्जा वितरण |
  • समयसीमा अघि नै काम सकिँदै, सिद्धार्थनगरको मुहार फेरियो |
  • ठूल्ठूला भवनबाट घेरिँदै 'भीभीआईपी एरिया', बालुवाटारदेखि शीतल निवाससम्म सुरक्षा चुनौती |
  • औद्योगिक ‘हब’ बन्दै मेचीनगर |
  • तराईका झोलुङ्गे पुलमा पर्यटकको आकर्षण |
  • १० अर्बको धागो निर्यात |
  • नेपाल लगानीको लागि सुरक्षित बन्दै, १८६ देशलाई उछिनेर बन्यो 'टप इम्प्रुभर' |
  • ललितपुरले पनि ल्यायाे साढे ४ कराेडका दुईवटा ब्रुमर |
  • भैरहवा-लुम्बिनी सडक निर्माणमा लापरवाही |
  • पर्यटन आगमन : कहिल्यै भेटिँदैन सरकारी लक्ष्य, सफल होला ‘भिजिट नेपाल २०२०’ ? |
  • इनिर्जी बैंकिङ लागू नहुने संकेत : १७९ खर्ब जोखिममा |
  • नेपाल आयल निगमले सिलिन्डर उत्पादन गर्ने |
  • दुई पांग्रेको आयात बढ्यो |
  • माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माणले लियो गति |
  • नेपालको पासपोर्ट ८१ औं शक्तिशाली |
  • सुनको भाउ उकालाे लागेकाे लाग्यै : तोलाको ७० हजार पुग्यो |
  • ६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा |
  • जानकी मन्दिरको मौलिकता संकटमा पार्ने निमार्ण कार्य तथा तोडफोडमा पुरातत्वको रोक |
  • मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाखसम्म कर्जा पाइने |
  • इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै |
  • ट्रान्जिट यात्रुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै हल बनाइने |
  • काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा |
  • मेलम्ची खानेपानी आयोजना : प्राविधिक मूल्यांकनमा दुई ठेकेदारको छनोट |
  • ह्याम्स अस्पतालले सुरु गर्‍यो एयर एम्बुलेन्स सेवा |
  • उत्तरगंगा ७२१ मेगावाटको बन्ने, रुकुमलाई हिउँदमा पनि पानी ! |
  • रमण कन्स्ट्रक्सन कालोसूचीमा, नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक |
  • २५ करोडका गाडी खरिद |
  • निर्माणको अन्तिम चरणमा दशरथ रंगशाला |
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : धेरै आयोजना प्रदेश १ मा, धेरै रोजगारी सुदूरपश्चिममा |
  • ४ लाख २४ हजार घरको पुनर्निर्माण सकियो, २ लाख १४ हजार बन्दै |
  • हेटौंडा औद्योगिक क्षेत्र : १ सय उद्योग तर उत्पादित सामानको भारत निर्यात भने घट्दै |
  • अढाई वर्षमा लुम्बिनी गुरुयोजना पूरा गर्न प्रधानमन्त्रीको निर्देशन |
  • दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य करिडोरमा कामको रफ्तार बढ्दो |
  • थपियो २२ मेगावाट बिजुली......... |
  • प्रधानमन्त्री रोजगार कार्यक्रमः ५९९ स्थानीय तहमा पौने दुई लाखलाई रोजगारी |
  • जनकपुरमा हवाई इन्धन रिफ्युलिङ सेवा सञ्चालन |
  • ‘विदेशबाट भित्रिने रेमिट्यान्सले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन’ |
  • धरहरा पुनर्निर्माणमा 'गोलमाल': रमणलाई ठेक्का दिन भूमिका खेल्ने व्यक्ति उसैको कन्सल्ट्यान्ट ! |
  • रक्सौल–काठमाडौं रेलमार्गमा ४५ किलोमिटर सुरुङ |
  • यी शहर स्मार्ट बन्दै यस्तो छ: १० लाख जनसंख्या अट्ने १२ वटा नयाँ शहरको प्रगति |
  • पेट्रोलियम पाइपलाइन : वार्षिक ३ अर्ब बचत हुने, पाइप चितवनसम्मै ल्याइने |
  • बजेटभन्दा ठूलो व्यापार घाटा, निर्यात बढ्दा पनि घाटा बढेको बढ्यै |
  • सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट |
  • ३६ हजारमै जापान उड्न पाइने |
  • एकै ठाउँबाट एक अर्बको गाडी व्यापार |
  • सरकारको गति : दिनमा २.५ किलोमिटर सडक कालोपत्रे |
  • नेपालको वैदेशिक व्यापार,भारतीय नाकामै निर्भर |
  • कृषि प्रधान मुलुकमा २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल आयात |
  • प्रदेश सरकारहरु गाडी किन्ने होडमा, एक वर्षमै झण्डै दुई अर्ब सकियो |
  • प्रदेशहरुको खर्च ५४ प्रतिशत मात्रै |
  • नारायणीमा दुई सय जना अट्ने दुईतले क्रुजशिप सञ्चालनमा ल्याइने ! |
  • ६ महीनामा ५ लाख ८५ हजार पर्यटक.......(भिडियो सहित ) |
  • व्यवसायी आन्दोलित हुँदा देशभर ढुवानी ठप्प |
  • विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब |
  • मालवाहक गाडीका लागि वेब पोर्टल सुरु |
  • इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो |
  • आजदेखि सबै कर्मचारीलाई पान अनिवार्य |
  • देशभर २ सय ४३ सडक पुलको निर्माण |
  • नेपालको झण्डा राखेर पानी जहाज चलाउने तयारीमा प्रभु ग्रुप, ऐन नबन्दा समस्या |
  • सुन्दर यातायातले १७ ओटा विद्युतीय बस ल्याउँदै |
  • साढे १५ अर्बको पेट्रोलियम आयात(भिडियो सहित ) |
  • गौतमबुद्ध विमानस्थलको समयावधि थपियो |
  • ‘निर्माणमा सुस्त गति, डुवानले बनायो क्षति’ |
  • कृषि, स्वास्थ्यलगायतको जानकारी नेपाल टेलिकममा |
  • न्युयोर्कमा नेपाल र बंगलादेशले गरे क्षेत्रीय सहजीकरण कार्यक्रम |
  • सन् २०१८ मा पर्यटनबाट ६९ अर्ब आम्दानी |
  • हिमालय एअरलाइन्सको उडान अव ढाकामा, साउन ६ गतेबाट हप्ताको तीन दिन उडान भर्ने |
  • युरोप पुग्न थाल्यो नेपालको कफी |
  • असार मसान्तसम्म ४३ अर्ब आन्तरिक ऋण उठाइँदै |
  • अनुदान लिनै किसान आएनन् |
  • टेलिकमको पोस्टपेड, सीयूजी र एफटीटीएच उपभोक्तालाई छुटैछुट |
  • विश्व बैंकले दियो ११ अर्बको सहुलियतपूर्ण ऋण |
  • रेल लाइन र रेल्वे स्टेशन तयार, अघि बढ्यो रेल खरिद प्रक्रिया |
  • स्मार्ट लाइसेन्स छाप्‍न 'मास प्रिन्टर' ल्याउने तयारीमा सरकार |
  • राजश्व छली रोक्न साउन १ गतेदेखि 'अनलाइन ट्रयाकिङ सिस्टम' लागू हुने |
  • नेपालले ६ रुपैयाँको वस्तु निर्यात गर्दा ९४ रुपैयाँको आयात |
  • सडकको सजिलो पहुँच भएको बन्दीपुरमा केबलकार |
  • छिमेकी मुलुक बंगलादेशसँगको व्यापारघाटामा सुधार |
  • मलेसियाको रोजगारीबारे दुई देशको प्राविधिक समितिको बैठक बस्ने |
  • सिँचाइ र नदी नियन्त्रणका लागि २३ अर्ब ६३ करोड |

१० वर्षमा ६४ अर्बको दूरसञ्चार उपकरण आयात

२० असार २०७६, शुक्रबार

विगत १ दशकमा दूरसञ्चार क्षेत्रमा उपकरण आयात तथा सेवासुविधा विस्तारमा प्रतिस्पर्धा बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकम कम्पनीहरूले भौतिक पूर्वाधार निर्माण र सेवा विस्तारलाई तीव्रता दिएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०६६/६७ देखि चालू आव २०७५/७६ को जेठसम्ममा टेलिकम कम्पनीहरूले ६४ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको उपकरण आयात गरेका छन् । नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम, यूटीएल र हेलो नेपालले ठूलो मात्रामा उपकरण आयात गर्दै आएका छन् ।

१० वर्षको अवधिमा खासगरी नेपाल टेलिकम र एनसेलबीच उपकरण आयातमा प्रतिस्पर्धा देखिन्छ । आव २०६६/६७ देखि २०७५/७६ सम्ममा नेपाल टेलिकमले २७ अर्ब ८५ करोड १७ लाख रुपैयाँको उपकरण आयात गरेको छ । एनसेलले सो अवधिमा २७ अर्ब २० करोड ५१ लाख रुपैयाँको दूरसञ्चार उपकरण खरीद गरेको छ ।

यस्तै, स्मार्ट टेलिकमले ७ अर्ब २२ करोड ५१ लाख, हाल सञ्चालनमा नरहेको युनाइटेड टेलिकमले २० करोड ६९ लाख ९४ हजार र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले १ अर्ब ६० करोड १२ लाख रुपैयाँको दूरसञ्चार उपकरण आयात गरेका छन् । चालू आव २०७५/७६ को जेठसम्ममा मात्र ती कम्पनीले फोरजी तथा अप्टिकल फाइबर लगायत परियोजनाका लागि रू. १२ अर्बभन्दा बढीका उपकरण आयात गरिसकेका छन् । फोरजी सेवा विस्तार, बीटीएस टावर निर्माण र नेटवर्किङका लागि उपकरण आयात भएका छन् ।

नेपाल टेलिकमले हाल सातै प्रदेशमा २१ अर्ब रुपैयाँ लगानीमा फोरजी सेवा र अप्टिकल फाइबर विस्तार गरिरहेको छ । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले ठूला परियोजनाका काम चलिरहेकाले उपकरण आयात धमाधम भइरहेको बताए ।

उनका अनुसार फोरजी विस्तार, अप्टिकल फाइबर तथा नेटवर्क कनेक्टिभिटी, नेटवर्किङ, बीटीएस टावर लगायत पूर्वाधार निर्माणमा टेलिकम बढी केन्द्रित छ ।

हाल नेपालमा दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माण अन्य मुलुकका कम्पनीहरूले गर्दै आएका छन् । विशेषगरी ठूला दूरसञ्चार परियोजना चिनियाँ कम्पनीले ठेक्का लिएर काम गर्दै आएका छन् । चीन, भारत, सिंगापुर, मलेशिया, जापान, कोरिया लगायत मुलुकबाट उपकरण बढी भित्रिने गरेका छन् ।

पछिल्ला वर्षमा यूटीएल र नेपाल स्याटेलाइट टेलिकम सञ्चालन भए पनि सेवा विस्तार भने गर्न सकेका छैनन् । सीजी टेलिकमले पनि दूरसञ्चार क्षेत्रमा २५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ ।

केही दिनअघि मात्र सीजीले देशभर फोरजी सेवा विस्तार गर्न पूर्वाधार आपूर्तिका लागि चिनियाँ कम्पनी हुवावेईसँग १० करोड अमेरिकी डलरमा सम्झौता समेत गरेको छ ।

दुई वर्षदेखि दूरसञ्चार क्षेत्रमा ठूला परियोजना शुरू भएकाले पनि पछिल्लो समय उपकरण आयात बढेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । उनका अनुसार ग्रामीण दूरसञ्चार कोषको रकमबाट सातै प्रदेशमा सेवाप्रदायक कम्पनीहरूले अप्टिकल फाइबर परियोजना शुरू गरेकाले त्यसका लागि उपकरण खपत बढ्दो छ ।

यद्यपि, मुलुकमा दूरसञ्चार उपकरण तथा यससम्बन्धी पूर्वाधार पर्याप्त नभएको अर्याल बताउँछन् । ‘नयाँनयाँ प्रविधिको विकास भइरहेको सन्दर्भमा मुलुकको ग्रामीण तथा शहरी भेगमै धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकाले आगामी वर्षमा यस क्षेत्रको पूर्वाधार निर्माणले गति लिने अपेक्षा गर्न सकिन्छ ।’

सूचना तथा सञ्चारप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले दुर्गम भेगमा पनि दूरसञ्चार पूर्वाधार पुगे मात्र सरकारको डिजिटल नेपालको लक्ष्य पूरा हुने बताए । ठूलो मात्रामा उपकरण भित्रिनु सरकारको डिजिटल नेपालको अवधारणा पूरा हुने संकेत रहेको उनको दाबी छ ।