Merchandise Now
२७ आश्विन २०७६, सोमबार

ताजा समाचार

  • केरुङ–काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त |
  • पाइपलाइनबाट १ महिनामा करिब साढे चार करोड लिटर डिजेल आयात |
  • ९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई |
  • नेपाल–चीनका ६ नाका सञ्चालनमा, दुईवटाबाट व्यापार |
  • काठमाडौं-केरूङ जोड्न चीनले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने |
  • जनकपुरधाममा कार्तिक–१ देखि ‘जनकपुर महोत्सव’ |
  • २४३ उद्योग खारेज |
  • चीनसँग चुलिँदै व्यापार घाटा |
  • साउदी विकास कोषद्वारा ३ अर्ब ३३ करोड ऋण |
  • प्रदेश १ को आवधिक योजना : प्रतिव्यक्ति आय १६ सय २० डलर पुर्‍याउने |
  • भैरहवामा इन्धन भण्डारण अत्यन्त न्युन |
  • अर्थतन्त्र उच्च बढ्दा पनि नेप्सेको ओरालो यात्रा |
  • तल्लो मोदी जलविद्युत्को उत्पादन दशैैंभित्रै |
  • अन्तरप्रदेश हवाई उडानका लागि अनुदान दिने तयारी |
  • स्याफ्रुबेँसी–रसुवागढी सडक दुई लेनको बन्ने |
  • माथिल्लो कर्णाली आयोजना : चैतसम्म निर्माणमा जाने |
  • चक्रपथ दोस्रो खण्ड कलंकी- चावहिल सडक विस्तारको काम सुरु, |
  • मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता, |
  • १२ वर्ष लगाएर कुलेखानी तेस्रो सम्पन्न |
  • नेपालमा चैतदेखि ‘युरो सिक्स’ मापदण्डको इन्धन: माइलेज र इञ्जिनको आयु बढ्ने, प्रदूषण घट्ने ! |
  • दशैं शुरू भएसँगै मध्यपहाडी लोकमार्गको मर्मत सम्भार |
  • भ्रमण वर्षलाई ३५ करोड |
  • चाडपर्वको पूर्व महिनामा पनि आयात ३ % मात्रै बढ्यो |
  • अर्बौँको पुल र सडक जीर्ण |
  • ८ खर्बको दसैं |

मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता,

१४ आश्विन २०७६, मंगलवार
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो । बिगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महिनामा पूरा गर्ने गरी कूल ८५ करोड एक लाख ९४ हजार ४ सय ५८ रुपैयाँमा जिम्मा लिएको हो । द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरे । सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ । सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको छ । यस्तै स्थानीय ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनःनिर्माण, क्याम्पको मर्मत सुधार लगायतका काम गर्नुपर्छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सिनोसँग बाँकी काम गर्ने विषयमा सम्झौता भएको जानकारी दिए । यस्तै बाँध निर्माणतर्फको सम्झौता पनि केही दिनभित्रै गर्ने तयारी भएको छ । बाँधतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्ग लगायतका काम गर्नुपर्नेछ । चिनियाँ कम्पनीले ठेक्का पाउनुभन्दा पहिल्यै आयोजनास्थलको स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिन सरकारसँग आग्रह गर्दै आएको छ । सम्झौता भएलगत्तै आयोजना स्थलमा परिचालन भएर काम सुरु गर्ने विश्वाससमेत चिनियाँ कम्पनीले दिलाएको छ । विशेष गरी नेपालको जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको भनेर प्रशंसा पाएको सिनो हाइड्रोसँगको सम्झौता पछि मेलम्ची खानेपानी आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ । सिनो हाइड्रोले निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न गर्नेगरी कार्यसम्पादन गरेको थियो । नेपाल विद्युत् प्राधिरकणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाको पनि भौतिक निर्माणको ठेक्का पाएको छ । सिएमसीले अलपत्र पारेपछि सरकारले विशेष निर्णय गरेर बाँकी रहेको काम १० वटा प्याकेजमा सक्ने गरी विभाजन गरेको छ । सोही क्रममा सिनो हाइड्रोसँग सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण पछिको एक वर्षसम्म सुरुङको मर्मतसम्भार तथा आवश्यक अनुगमनसमेत सिनो हाइड्रोले नै गर्नुपर्नेछ । खानेपानी मन्त्रालयले राष्ट्रिय आवश्यकता र काठमाडौँवासीको स्वच्छ खानेपानी पिउने अपेक्षालाई मध्यनजर गरेर समयमै काम गर्न सिनो हाइड्रोलाई आग्रह गरेको छ । सरकारले आवश्यक तयारी गरी जनशक्ति, प्राविधिक उपकरण तथा अन्य व्यवस्थापन गरेर तत्काल काम थाल्नसमेत चिनियाँ कम्पनीलाई आग्रह गरेको छ । सरकारले शान्ति सुरक्षा तथा अन्य समन्वयको काममा कुनै चिन्ता नलिनसमेत निर्माण व्यवसायीलाई आश्वस्त बनाएको छ । यस्तै मन्त्रालयले सिएमसीबाट पैसा लिन बाँकी रहेका स्थानीय ठेकेदार तथा सामान ढुवानीकर्ताको माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छ । खानेपानी मन्त्री बिना मगरले सबै प्रकारको समस्या समाधान गर्ने र आयोजनामा अब कुनै प्रकारको ढिलाइ हुन नदिने प्रतिबद्धता जनाएकी छिन् । karobar daily