Merchandise Now
२८ आश्विन २०७६, मंगलवार

ताजा समाचार

  • केरुङ–काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त |
  • पाइपलाइनबाट १ महिनामा करिब साढे चार करोड लिटर डिजेल आयात |
  • ९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई |
  • नेपाल–चीनका ६ नाका सञ्चालनमा, दुईवटाबाट व्यापार |
  • काठमाडौं-केरूङ जोड्न चीनले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने |
  • जनकपुरधाममा कार्तिक–१ देखि ‘जनकपुर महोत्सव’ |
  • २४३ उद्योग खारेज |
  • चीनसँग चुलिँदै व्यापार घाटा |
  • साउदी विकास कोषद्वारा ३ अर्ब ३३ करोड ऋण |
  • प्रदेश १ को आवधिक योजना : प्रतिव्यक्ति आय १६ सय २० डलर पुर्‍याउने |
  • भैरहवामा इन्धन भण्डारण अत्यन्त न्युन |
  • अर्थतन्त्र उच्च बढ्दा पनि नेप्सेको ओरालो यात्रा |
  • तल्लो मोदी जलविद्युत्को उत्पादन दशैैंभित्रै |
  • अन्तरप्रदेश हवाई उडानका लागि अनुदान दिने तयारी |
  • स्याफ्रुबेँसी–रसुवागढी सडक दुई लेनको बन्ने |
  • माथिल्लो कर्णाली आयोजना : चैतसम्म निर्माणमा जाने |
  • चक्रपथ दोस्रो खण्ड कलंकी- चावहिल सडक विस्तारको काम सुरु, |
  • मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता, |
  • १२ वर्ष लगाएर कुलेखानी तेस्रो सम्पन्न |
  • नेपालमा चैतदेखि ‘युरो सिक्स’ मापदण्डको इन्धन: माइलेज र इञ्जिनको आयु बढ्ने, प्रदूषण घट्ने ! |
  • दशैं शुरू भएसँगै मध्यपहाडी लोकमार्गको मर्मत सम्भार |
  • भ्रमण वर्षलाई ३५ करोड |
  • चाडपर्वको पूर्व महिनामा पनि आयात ३ % मात्रै बढ्यो |
  • अर्बौँको पुल र सडक जीर्ण |
  • ८ खर्बको दसैं |

कृषिप्रधान देशमा कोदो नै आयात, अचाक्ली बढ्दै छ परनिर्भरता

१६ आश्विन २०७६, बिहीबार

पछिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १४ खर्ब १८ अर्ब ५३ करोडको वस्तु आयात हुँदा १ खर्ब ६० अर्ब ५८ करोडको कृषिजन्य वस्तु थियो । आजभन्दा ४५ वर्षअघि मुलुक कृषिप्रधान देश थियो ।

अर्थात् आर्थिक वर्ष २०३१/०३२ मा जीडीपीमा कृषिको योगदान ७० प्रतिशत थियो । २०४१/०४२ मा ५१, २०५१/०५२ मा ४१, २०६१/०६२ मा ३५ र २०७६/०७७ सम्म आइपुग्दा २७ प्रतिशतसम्म मात्र छ । तरपनि कृषि प्रधान देशका नागरिक भनेर गर्व गरिरहेका छौं । कृषिजन्य बाहेकका बस्तु आयातको दर पनि वर्षेनी उकालो लागिरहेको छ । भलै पछिल्लो दुई महिनाको तथ्यांकले केही घटेको देखाएपनि । यो आर्थिक वर्षको अन्त्यसम्ममा कृषिजन्यसहित समग्र आयातको दरले अघिल्लो वर्षलाई उछिन्ने निश्चित छ । पहाडमा युवा समेत विदेश पलायनको क्रम बढेकोले धानखेती कम हुँदा चामलको आयात निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०६८/०६९मा ५० लाख ७२ हजार टन धान उत्पादन भएको थियो । त्यो वर्ष उत्पादन भएको धान अहिलेसम्मकै सबैभन्दा बढी हो । तर, पनि धान–चामलकै आयात बढी छ । यसबाहेक हेर्दा साना–साना लाग्ने वस्तु जो नेपालमै पर्याप्त उत्पादन गर्न सकिन्छ । तिनको आयात दर र मूल्य पनि कम छैन । सरकारले हरेक आर्थिक वर्षको बजेटमा ठूलो रकम कृषि क्षेत्रको विकासको लागि छुट्याउछ । नागरिकको खाद्य अधिकार सुरक्षित गरी गरिबीको अन्त्य गर्ने, ठूलो संख्यामा रहेका कृषक परिवारको आयस्तर वृद्धि गर्ने तथा सवल अर्थतन्त्र निर्माण गर्न कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायिकीकरण जरुरी छ भनी घोषणा पनि गरिएको हुन्छ । तैपनि कृषि क्षेत्रले आशातीत सफलता पाउन सकेको छैन । खाद्यन्न तथा पशुपन्छीजन्य उत्पादन बढाई मुलुकलाई आधारभूत खाद्यन्नमा शीघ्र आत्मनिर्भर बनाउने घोषणा गरिएको छ ।

सरकारले जतिसुकै राम्रा योजना र ठूलै बजेट विनियोज गरे पनि त्यसको प्रतिफल मुलुकले महसुस गर्न सकेको छैन भन्ने सत्य वर्षेनी कृषि उत्पादनकै आयात बढिरहेको तथ्यले स्पष्ट पार्छ । समृद्धिको जतिसुकै गफ चर्किए पनि मुलुकको ब्यापार घाटा निरन्तर बढ्दो छ । र, यसले अर्थतन्त्र क्रमशः जर्जर बनिरहेको स्पष्ट संकेत गर्छ । तरपनि, कागजमा बाहेक अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने ठोश व्यवहारिक पहल भएको छैन ।

उत्पादनभन्दा आयातमा जोड दिएका कारण देशको अर्थस्थिति दयनीय अवस्थामा पुगेको छ । यतिसम्मकी कुल बजेट हाराहारीमै व्यापार घाटा छ । अर्थविद्हरु भन्छन्– यसरी नै परनिर्भरता बढ्दै जाने हो भने आर्थिक अवस्था भयावह हुन्छ ।

झनपछि झन आयात गर्ने बस्तु र त्यसको मात्रा बढिरहेको छ । स्वदेशमा भएका सीमित उद्योग पनि बन्द छन् । चलेका पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । नयाँ उद्योग खोल्ने ठोश प्रस्ताव छैन । हामीसँग अपार स्रोतसाधन र जनशक्ति छ । तर, त्यसको सदुपयोग नभएका कारण देशको आर्थिक हविगत क्रमशः ओरालो लागिरहेको हो ।

पटक–पटकको राजनीतिक आन्दोलनस्र्रँगै व्यवस्था परिवर्तन भयो । तर, देशको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा उल्लेख्य परिवर्तन आएन । यसको मुल कारण परनिर्भर अर्थतन्त्र नै हो । जबसम्म हामी उत्पादन बढाएर निर्यात गर्न सक्दैनौं तबसम्म भन्ने गरिएकोजस्तो समृद्धि संभव छैन ।

आम नेपालीको जीवनशैली क्रमशः भड्किलो बन्दै छ । हामी विलास्री बन्दै गएका छौं । तर, हाम्रो उत्पादन छैन । विदेशी उत्पादन किनेर रमाइरहेका छौं । हाम्री श्रम गर्न विदेश जान्छौं । अलिअलि पैसा कमाउँछौं । र, त्यही पैसा विलासी सामान किनेर विदेशै पठाउँछौं । यसले मुलुकलाई झन परनिर्भर बनाइरहेको छ ।

अहिले देशको मुल आवश्यकता उत्पादन बृद्धि हो । त्यसका लागि कृषि र उद्योग क्षेत्रमै जोड दिनुपर्छ । हामीसँग यतिधेरै स्रोतसाधन छ । तर, त्यसको प्रशोधन, उत्पादन र बजारीकरण गर्न सकेका छैनौं । मुलुक समृद्ध बनाउने हो भने उत्पादन र निर्यात बढाउनै पर्छ । तर, कृषिप्रधान देश कोदो र जलस्रोतको धनी देश पानीसमेत आयात गरेर समृद्धिको गफ चुटिरहेको छ । Sources : News 24