Merchandise Now
१४ बैशाख २०८१, शुक्रबार

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र Fresh Juice and Hot drink Stall सञ्चालनको लागि ठेक्का आव्हान

१८ श्रावण २०८०, बिहीबार
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरको

सिलबन्दी बोलपत्र आव्हानको सूचना

( सूचना प्रकाशित मिति २०८०/०४/१८)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको प्रस्थानतर्फ स्टेराइल हलको ११.१३ ( एघार दशमवल तेढ ) वर्गमिटर क्षेत्रफलमा Fresh Juice and Hot drink Stall सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति / फर्म/कम्पनीहरुबाट नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा व्यवस्था भए बमोजिम १५ (पन्ध्र) दिनको म्याद दिई बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएकोछ । यो ठेक्काको समयावधि ५ (पाँच) वर्षको हुनेछ र सो अवधिको लागि न्यूनतम ठेक अंक रु. ३७,५२, ८२२.१४ (अक्षरेपी. सैतिस लाख बाउन्न हजार आठ सय बाइस रुपैयाँ चौध पैसा मात्र) कायम गरिएको छ ।

यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालयको राष्ट्रिय वाणिज्य बैक, गौचरको खाता नम्बर १६९०१००००००११००६ मा बोलपत्र फारम वापतको रु.३,३९०/- (अक्षेरुपी : तीन हजार तीन सय नब्बे रुपैयाँ मात्र) मूल्य अभिवृद्धि कर सहित (पछि फिर्ता नहुने) दाखिला गरी सोको सक्कल भौचर, नवीकरण सहितको फर्म दर्ता प्रमाण पत्र, मू.अ.क./ स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गरी यो सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र बोलपत्र खरिद गर्ने, १६ औं दिनको १२:०० बजेभित्र दर्ता गर्ने र सोही दिनको १४:०० बजे बोलपत्र फाराम खोलिने छ। बोलपत्र फाराम खरिद गर्ने तथा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो पछिको लगत्तै कार्यालय खुलेको दिन सोही समय र स्थानमा बोलपत्र खरिद र दर्ता गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना विस्तृत रुपमा यस प्राधिकरणको Website: www.caanepal.gov.np र यस कार्यालयको www.tiairport.com.np मा उपलब्ध छ ।

 
Notice Source : Gorkhapatra 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल टेलिकमलाई UPS (3KVA AND 6KVA ) आपूर्ति गर्न आव्हान
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान
  4. धितोमा रहेको अचल सम्पत्ति लिलाम
  5. चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान